फाइल तस्विर काठमाडौं–सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ।
आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने कांग्रेस कार्यवाहक कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिएका छन्।
बैठक पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको छ। दिउँसो १ बजे बस्ने भनिएको बैठक केहीबेरअघि सुरु भएको हो। बैठकमा महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, डा .शेखर काेइराला, सुजता काेइरालालगायतका पदाधिकारीहरु सहभागी छन्।
बैठकमा सरकार सञ्चालन, पार्टीको सदस्यता वितरण र नवीकरण, भातृ संस्थाहरूको महाधिवेशन लगायत विषयमा छलफल भइरहेको पराजुलीले जानकारी दिए।
बैठकमा समसामयिक विषयमा छलफल हुनेछ।
कांग्रेसको विधान अनुसार कार्यसम्पादन समितिको बैठक प्रत्येक महिना बस्ने व्यवस्था छ।
हाल ३७ सदस्यीय कार्यसम्पादन समिति छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।