काठमाडौँ – काठमाडौँ स्थित अमृत साइन्स क्याम्पस (अस्कल) मा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भइरहेको छ । चैत ५ गतेका लागि तोकिएको निर्वाचन स्थगित भएपछि निर्वाचन हुन लागेको हो । बिहानदेखि नै सहज रूपमा मतदान सुरु भएको छ ।
चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनमा अन्तिममा आएर स्थगित भएको थियो । अखिल क्रान्तिकारीले चैत ४ गते राति होस्टेलमा फर्जी विद्यार्थी बसिरहेको आरोप लगाउँदै तालाबन्दी गरेको थियो । जसले गर्दा स्ववियु निर्वाचन स्थगित भएको थियो ।
तत्काल स्ववियु निर्वाचन गराउनुपर्ने माग राख्दै अनेरास्ववियुले अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले निर्वाचनका बाँकी प्रक्रिया तत्काल अघि बढाउन आदेश जारी गरेको थियो । त्यसपछि बसेको सर्वदलीय बैठकले चैत १० गतेका स्ववियु निर्वाचनको मिति तोकेको थियो । जस अनुसार आज निर्वाचन भएका हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।