काठमाडौं– शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रो पटक राजा घोषणा गर्न जनदबाबस्वरुप र्याली निकालेका छन्।
शनिबार काठमाडौंको सामाखुसीबाट नारायणहिटीसम्म ‘ज्ञानेन्द्र सरकारलाई तेस्रो पटक राजा घोषणा गर्न’ भन्दै जनदबाबस्वरुप र्याली निकालिएको हो।
र्यालीका क्रममा राजावादीहरुले ‘नारायणहिटी खाली गर’, ‘हाम्रो राजा हाम्रो शान’, ‘राजसंस्था जिन्दावाद’, ‘राजा आउ, देश बचाउ’ जस्ता नाराहरु पनि लगाएका थिए। र्यालीअघि बढ्ने क्रममा प्रहरीले पटकपटक अवरोध गरेको थियो।
यसअघि फागुन २५ गते पोखराबाट पूर्वराजा शाह काठमाडौं फर्किंदा भव्य स्वागत गरिएको थियो। सोही दिनबाट हौसिएका राजवादीहरुले राजतन्त्र फर्काउने आन्दोलन गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।