काठमाडौं– राप्रपाका महामन्त्री डा. धवलशमशेर राणाले राजावादी शक्तिहरू एक ठाउँमा आउनुपर्ने बताएका छन् । राजा फर्काउनका लागि दबाब दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अहिले तीन नेताहरू मिलेर देश लुटिरहेको आरोप लगाए ।
उनले भने, ‘अब राजावादी, राष्ट्रवादी, संघीयता विरोधी, भ्रष्टाचार विरोधी, जनता सबै एक ठाउँमा उभिएर असफल गणतन्त्र र संघीयतालाई पाखा लगाउने काममा उत्रिएका छौं । नवराज सुवेदीजीको नेतृत्वमा एउटा छाता बनेको छ । त्यही छाता अन्तर्गत अहिले काम भइरहेको छ । दुर्गा प्रसाईँजी अरू पार्टीहरू, शाही शक्ति मिलेर अगाडि बढ्नुपर्छ । कसैले आफ्नो गर्छ भनेर गर्न दिने त्यसैले यो फुटेको होइन । तमाम अभियान चलिरहेको थियो । राप्रपाले पनि गरिरहेको थियो मेरै नेतृत्वमा ।’
नवराज सुवेदीको नेतृत्वमा बृहत् आन्दोलन परिचालन समिति बनिसकेपछि त्यसमा आफू पनि रहेको बताए । उनले भने, ‘म राप्रपामा पनि छु। यसले राप्रपालाई राप्रपाले यसलाई चाहे कमल थापासहित सबै राजावादीहरू मिलेर अघि बढ्ने सहमति छ ।’
उनले आफ्नो अध्यक्षतामा आन्दोलन परिचालन समिति आजै विस्तार गर्न लागेको बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।