काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाही पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्दा गणतन्त्रवादीहरूको मुटु हल्लिएको टिप्पणी गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै नेताहरूलाई पूर्वराजाबारे बोल्दा होस गर्न चेतावनी दिएका हुन्।
उनले भने, ‘हामीले राजालाई गरेको स्वागत गरेको कसैका विरुद्ध आन्दोलन होइन। स्वागत गर्दा त मुटु हल्लियो, कलेजो थर्कियो। धर्ती फाट्यो, आकाश फुट्यो भने तपाईंहरूका विरुद्ध आन्दोलन गर्यो भने हालत के हुन्छ होला ?’
राजा गइसक्यो फर्किँदैन भन्नेहरूलाई मार्क्स, लेनिन र माओ चाहिँ कसरी फर्किन्छ र मान्छेलाई उल्लू बनाइराखेको भन्दै आक्रोश पोखे।
उनले विविधता भित्रको एकताको देश हो, राजा सहितको प्रजातन्त्र हो तर नेपालको संविधानले चिन्दैन भन्दै आक्रोश पोखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।