काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल लिपुलेक, कालापानी र लिम्पियाधुरा भ्रमणको तयारी नभएको जानकारी गराएका छन्।
बिहीबार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा राप्रपा सांसद बुद्धिमान तामाङले ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा भ्रमणमा प्रधानमन्त्रीज्यू कहिले जानुहुन्छ ? भ्रमणको कुनै कार्यक्रम बनेको छ कि छैन ?,’ भनेर प्रश्न गरेका थिए।
जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘‘अहिले तत्काल योजना बनेको छैन, पछि जान सकिन्छ। ’
‘माननीयज्यूको योजना बनेको छ कि के हो ? योजना बनेको भए राम्रो कुरा हो।’भन्दै प्रधानमन्त्री ओलीले सांसद तामाङलाई प्रतिप्रश्न गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।