काठमाडौं –नेकपा (माओवादी केन्द्र) को जागरण अभियान आजदेखि पुनः सुरू हुँदैछ । फागुन १२ देखि सुरू भएको हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान फागुन २४ गते स्थगित भएको थियो । बिहीबारदेखि पुनः सुरू हुन लागेको माओवादी केन्द्रका प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिएका छन् ।
त्यसका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका पदाधिकारी बुधबार नै बारा पुगिसकेका छन् । जागरण अभियान अन्तर्गतको आजको कार्यक्रम बारामा हुनेछ । त्यसपछि शुक्रबार, पर्सा र शनिबार चितवनमा हुने बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।