काठमाडौं–सांसद डा अमरेश कुमार सिंहले स्वास्थ्य बीमा सेवा हुनेखानेले मात्रै पाउँदा लोकतन्त्र नै कमजोर हुने स्थिती आउन सक्ने बताएका छन्।
स्वास्थ्य बीमा र विपन्न नागरिकको औषधोपचारसम्बन्धी उपचार कोषलगायतको व्यवस्थापन गर्नुपर्ने मागसहित कांग्रेस सांसद डा सुनिल कुमार शर्माले दर्ता गरेको सार्वजनिक महत्त्वको प्रस्तावमा समर्थन गर्दै सांसद सांसद डा अमरेश कुमार सिंहले यस्तो बताएका हुन्।
सांसद डा सिंहले विभिन्न आन्दोलनले नेतालाई स्थापित गरेको तर जनतालाई विस्थापित प्रसंग स्मरण गर्दै मधेसका पिछडिएका मुसहर र चमार समुदायलाई स्वास्थ्य बिमा कुन चराको नाम हो भन्नेसमेत थाहा नभएको बताए।
'संविधानमा स्वास्थ्य सेवाको ग्यारेन्टी भनिएपनि सरकारले संविधानलाई मानेको छैन', कमिसनका कारण स्वास्थ्य सचिव नियुक्ति हुन्छ, 'कुन मन्त्रालयको कुन पदमा कसलाई नियुक्ति दिने भन्नेमा विचौलिया कै हात हुन्छ, जसमा मन्त्री समेत निरीह हुनुपरेको छ', उनले भने।
'३ अर्ब स्वास्थ्य बिमा बापतको रकम हुँदा पुरानै भुक्तानी १७ अर्ब बराबरको बाँकी छ भएको यस्तो अवस्थामा स्वास्थ्य बिमा कसरी चल्छ,' सांसद डा सिंहले प्रश्न गरे।
यस्तो अवस्थामा अर्थतन्त्र धान्न नसकिने तथा स्वास्थ्य बिमा बापतको पैसा बुझाउँदा पनि बिमा सुविधा जनताले नपाउने अवस्था स्थिती रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।