काठमाडौं– चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा चैत २४ गते परेको राम नवमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको सरकार प्रवक्तासमेत सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले निममित पत्रकार सम्मेलनमा जानकारी गराए।
बैठकले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्ध सञ्चालक पदनमा अर्घाखाँचीका यदुनाथ पौडेललाई नियुक्त गर्न सञ्चालक समितिलाई निर्देशन दिएको छ।
यस्तै शिक्षक सेवा आयोगको सदस्यमा सुर्खेत स्थायी घर भएका पवित्रा सुवेदी र रामशरण सापकोटालाई नियुक्त गर्ने निर्णय भएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।