काठमाडौं –आयुर्वेद क्याम्पस कीर्तिपुरको अध्यक्षमा नेविसंघका निशान अर्यालको प्यानल नै निर्वाचित भएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) हिजो सम्पन्न निर्वाचनको अन्तिम परिणाम अनुसार अध्यक्षमा अर्यालसहित नेविसंघको प्यानल नै विजयी भएको हो ।
निर्वाचनमा तीन दलीय गठबन्धनका विद्यार्थी सङ्गठनहरू अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु र नेपाल विद्यार्थी संघबीच प्रतिस्पर्धा भएको थियो ।
कुल खसेको मत १७८ मध्ये नेविसंघका निशान अर्यालले ९६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी रौशन ठाकुरले ८१ मत पाएका छन् । १ मत बदर भएको थियो ।
नेविसंघको तर्फबाट सचिवमा सागर पङ्गेनी, कोषाध्यक्षमा विक्रम भुजेल तथा सदस्यमा अनु मण्डल, राम भण्डारी र याङजी गौडेल निर्वाचित भएका छन् । समानुपातिक मतमा पनि नेपाल विद्यार्थी संघले धेरै मत पाउँदा लगभग तीन सिट सुरक्षित गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।