काठमाडौं – नेपाल कमर्स क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा सभापतिमा अनेरास्ववियुले जित हात पारेको छ । अनेरास्वियुका विशाल रोकाहा विजयी भएका हुन् । उनले १०५३ मत ल्याउँदा प्रतिद्वन्द्वी नेविसंघका रविन वलीले ८६० मत पाएका छन् ।
यस्तै सचिव र कोषाध्यक्षमा भने नेविसंघका उम्मेदवार विजयी भएका छन् । सचिवमा ज्ञानु दाहाल र कोषाध्यक्षमा सुशील खड्का विजयी भए ।
सदस्यहरुमा मौसम आचार्य (अनेरास्ववियु) दिपक कुमार यादव (अनेरास्ववियु) कृतिका बडाल (अनेरास्ववियु) रनवीर मिश्र (नेविसंघ) रिदम थापा (अनेरास्ववियु) अनुप कडेल (अनेरास्ववियु) लुकेश बुढा (अनेरास्ववियु) रेजिना कडरिया (अनेरास्ववियु) विजयी भएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।