नयाँ दिल्ली– परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटेकी छन्।
राइसिना डायलगको लागि भारतको दिल्ली पुगेकी परराष्ट्रमन्त्री राणाले भारतीय समकक्षी जयशंकरसँग भेट गरेकी हुन्।
भेटमा नेपाल र भारतको दुई पक्षीय सम्बन्धका बारेमा चर्चा गरे। दुई देशका विदेशमन्त्रीको भेटलाई महत्वका साथ हेरिएको छ।
पछिल्लो समय नेपालमा भइरहेका राजनीतिक गतिविधिहरूका बारेमा पनि भेटमा छलफल भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।