काठमाडौं– संखुवासभाको वरुण बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि मतदान सम्पन्न भएको छ।
चार सय ५८ मतदाता रहेको क्याम्पसमा तीन सय ७२ मत खसेको निर्वाचन समितिले जनाएको हो।
जसमध्ये २६७ छात्रा र १०५ छात्रले मतदानमा सहभागिता जनाएका छन्।
मतगणना भने केही बेरमा शुरुहुने निर्वाचन समितिले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।