विराटनगर–विराटनगरमा रहेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचनका लागि मतदान जारी रहेको छ।
आज दिउँसो २ बजेसम्म २ हजार २५ मत खसेको निर्वाचन कार्यालयले जानकारी दिएको छ।
जसमध्ये १ हजार ९६ छात्र र ९२९ छात्राले मतदानमा सहभागिता जनाएका छन्।
क्याम्पसमा कुल मतदाताको संख्या ५ हजार ९८४ रहेको छ, जसमा २ हजार ८९० छात्रा र ३ हजार ९४ छात्र मतदाता रहेका छन्। मतदानका लागि निर्वाचन कार्यालयले १५ वटा मतदान केन्द्रहरू स्थापना गरेको छ। मतदान आज दिउँसो ४ बजेसम्म चल्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।