बारा – जिल्लामा त्रिविबाट सम्बन्धन प्राप्त सात वटा सामुदायिक क्याम्पसमध्ये एउटा क्याम्पसमा मात्र मंगलबार स्ववियु चुनाव भइरहेको छ । निजगढ नगरपालिकाको एक मात्र गौरीशंकर क्याम्पसमा चुनाव हुँदैछ ।
बाँकी छ वटा क्याम्पसमा स्ववियु गठन नै नभएकाले गौरीशंकरमा चुनाव हुन लागेको हो । स्ववियु गठन भएको एक मात्र गौरीशंकर क्याम्पसमा ३ सय ७० विद्यार्थी रहेकोमा त्यसमा ८० प्रतिशत छात्रा छन् ।
एमाले निकट अनेरास्ववियु, कांग्रेस निकट नेविसंघ र माओवादी निकटका अखिल क्रान्तिकारी संगठनले उम्मेदवारी दर्ता गराई चुनावी प्रतिस्पर्धा गरिरहेका छन् ।
जिल्लाको सदरमुकाम कलैया उपमहानगरमा एउटा मात्र रामराजा मोहनविक्रम शाह क्याम्पस छ भने जितपुर सिमरा उपमहानगरपालिकामा ३ वटा क्याम्पसमा सिमरा क्याम्पस, बकुलिया क्याम्पस र डुमरवाना सामुदायिक क्याम्पस छन् । यसैगरी, महागढीमाई नगरपालिकामा एक मात्र गढीमाई क्याम्पस छ भने कोल्हवी नगरपालिकामा समेत एक मात्र क्याम्पस छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।