काठमाडौं –रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव स्थगित भएको छ । काठमाडौं प्रदर्शनी मार्गस्थित रहेको आरआरमा आज चुनाव हुने तय भएको थियो ।
सोमबार मध्यराति नेकपा (एमाले) निकट अनेरास्ववियु र एकीकृत समाजवादीनिकट अनेरास्ववियूले विद्यार्थी परिचयतपत्रमा कैफियत देखाउँदै तालाबन्दी गरेका थिए ।
चुनाव हुने दिन आज बिहान क्याम्पसको निर्वाचन समितिले स्ववियू चुनाव स्थगित गरेको बताएको छ । विद्यार्थी संगठनसँगको छलफलपछि अर्को मिति तोकिने निर्वाचन समितिले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।