काठमाडौं–मन्त्रिपरिषद् बैठक आह्वान भएको छ।
सोमबार अपरान्ह ४ बजे बस्नेगरी बैठक आह्वान भएको एक मन्त्रीले जानकारी दिएका छन्।
आज बस्न लागेको बैठक नियमित हो।
बैठकका लागि केहीबेरअघि मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मन्त्रीहरूलाई खबर भएको छ।
आजको बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुनेछ भने नेपाल प्रहरीमा आजबाट रिक्त हुन लागेको प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्ति गर्ने सम्भावना रहेको छ।
नेपाल प्रहरीका आइजिपी वसन्तबहादुर कुँवर आजदेखि अवकाशमा जाँदैछन्। आइजिपी कुँवर अवकाशमा जाने भएपछि आज बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ आइजिपी नियुक्त गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।