काठमाडौँ –नेपाल बार एशोशिएसनको निर्वाचन आगामी चैत्र २३ गते हुँदैछ । निर्वाचनमा पूर्ण व्यवसायी र समावेशी समूहले आफ्ना उम्मेदवारहरुलाई अमूल्य मतदान गर्नको लागि अनुरोध गरेको छ ।
सोमबार नेपाल डेमोक्राटिक लयर्स् एशोशिएसनका महासचिव ज्ञानेन्द्र प्रसाद अधिकारी, प्रगतिशिल तथा पेशागत कानून व्यवसायी संगठन, नेपालका महासचिव अमर थापा र राष्ट्रिय प्रजातान्त्रिक कानून व्यवसायी संगठनका महासचिव ठाकुर प्रसाद आचार्यले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै अनुरोध गरेका हुन् ।
बारको उद्देश्य र लक्ष्य प्राप्तीका लागि प्रा.डा.व.अ. विजय प्रसाद मिश्र अध्यक्ष र व.अ. केदार प्रसाद कोईराला महासचिव रहेको समूहलाई मतदान गर्न अपिल गरेका हुन् ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।