काठमाडौँ – बाजुरामा मृत आत्माले शान्ति पाउने मान्यताका साथ जिउँदो गाईलाई कुटीकुटी नदिमा बगाएको घटनाबारे प्रतिनिधिसभामा कुरा उठेको छ । नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले जिउँदो गाई खोलामा बगाउनेलाई कडा कारबाहीको माग गरेकी छन् ।
‘गाईलाई खोलामा बगाएर मारेपछि मृत आत्माले शान्ति पाउँछ भन्ने मान्यता सम्बन्धी निकृष्ट कार्य रोक्न माग गर्दछु,’ सांसद रानाले भनिन् । बाजुरा जगनाथ गाउँपालिकामा ‘गौदान गरेको दृश्य’ भनेर सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गरिएको थियो । त्यो भिडियोमा एउटा कालो रङको गाईलाई कुटीकुटी नदीमा लखेटिएको देखिन्छ । बाजुरा जिल्ला जगनाथ गाउँपालिका वडा नम्बर ६ काप्रेमा यस्तो घटना घटाइएको हो । भिडियोमा देखिएका ति व्याक्तिहरुलाई प्रहरीले खोजीरहेको छ । भिडियो सामाजिक संजालमा भाइरल भएपछि त्यसको अहिले चौतर्फी रुपमा विरोध भइरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।