काठमाडौं – त्रिविअन्तर्गत विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा अवरुद्ध भएको स्ववियू निर्वाचन चैत ८ गते हुने भएको छ।
यसअघि चैत ५ मा हुने भनिएको निर्वाचन तीन दिनदेखि अवरुद्ध भएपछि उक्त समय थप गरी चैत ८ गते निर्णय भएको स्ववियू निर्वाचन अधिकृत प्रा. डा. कृष्णप्रसाद न्यौपानेले जानकारी दिएका छन्।
उनका अनुसार भोलि (सोमबार) दिउँसो २ बजेसम्मका लागि उम्मेदवारी फिर्ताको समय तोकिएको छ।
उम्मेदवारहरूको अन्तिम नामावली पनि भोलि अपरान्ह ५ बजे नै सार्वजनिक हुने बताइएको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।