काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताहरुले युवा नेता निराजन बमको रिहाइ माग गर्दै मसाल जुलुस प्रदर्शन गरेका छन्।
आइतबार साँझ उनीहरुले सिनामंगलमा मसाल जुलुस निकालेका हुन्।
प्रदर्शनमा राप्रपाका कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको समेत विरोध गरेका थिए।
पूर्वराजा ज्ञानेन्द्र शाहबारे आपत्तिजनक अभिव्यक्ति दिएको विरोधमा हिजो राप्रपाका युवा नेताले प्रचण्डको फोटो जलाएका थिए।
यसको नेतृत्व गर्ने राप्रपाका युवा नेता निराजन बमलाई प्रहरीले भरतपुर विमानस्थलबाट पक्राउ गरी हेटौंडा ल्याइएको छ।
त्यस्तै माओवादी अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित नभएको बताएका छन्।
प्रचण्डले लेखेका छन्, ‘लोकतन्त्रमा विरोधका विभिन्न रूप हुन्छन्। फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।