काठमाडौं– ‘नो केबलकार’ समूहले सरकारसँग वार्ताको लागि फेरि वार्ता टोली बनाएको छ।
‘मुक्कुमलुङ तासे: प चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समिति’ ले सरस्वता सिंगकको नेतृत्वमा १० सदस्यीय वार्ता टोली गठन गरेको हो।
अन्तरदलीय संघर्ष समितिमा १३ वटा पहिचानवादी संस्था र ११ वटा दल आवद्ध छन्। सरकारद्वारा गठित वार्ता टोली ले २ दिन अघि पनि वार्ताका लागि आह्वान गरेको थियो।
जसमा राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतोदेखि, पहिचानवादी मोर्चाका संयोजक महेन्द्र लावतीसम्म छन्।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।