फाइल तस्विर काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको सचिवालय बैठक बोलाएको छ।
आज दिउँसो ४ बजे पार्टी कार्यालयमा बस्ने बैठकमा पार्टीको आगामी कार्यक्रम सम्बन्धी प्रस्तावित प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ।
यस्तै अघिल्लो बैठकहरूको समीक्षा, पार्टी गतिविधि र अन्य समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले बताए।
त्यसैगरी केन्द्रीय समितिको विस्तारित बैठक सम्बन्धी प्रस्ताव र पार्टी नियमित गतिविधिलगायतका विषयमा पनि छलफल हुने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।