काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनः २००६ सालको जस्तै एकीकृत गर्ने अभियानमा लागेको बताएका छन्।
शनिवार ललितपुरमा समाजावदी मोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले अहिले आफूहरु नेपालको समग्र कम्युनिष्ट आन्दोलनलाई २००६ सालको जस्तै एकीकृत बनाउने कोशिसमा रहेको जिकिर गरे। उनले माओवादीहरुलाई मात्रै नभइ समाजवादीलाई पनि एक ठाउँमँ राखेर अघि बढ्ने छलफल अघि बढिरहेको बताए।
उनले भने, हामी नेपालको होल कम्युनिष्ट मुभमेण्टलाई २००६ सालमै फर्काउन सकिन्छ की सकिँदैन त? भन्नेमा पनि सोचिरहेका छौँ।
माओवादीहरु एक ठाउँमा ल्याउने कुरा मात्रै होइन, समाजवादीलाई, सिंगो नेपालको कम्युनिष्ट मुभमेण्टलाई नयाँ अवधारणामा रुपान्तरणसहित २००६ साल जस्तै लैजाने बारेमा पनि छलफल भइरहेको छ।’
महासचिव चन्दले नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ अवधारणामा रुपान्तरण गर्ने गरी अघि बढिरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।