काठमाडौँ – समाजवादी मोर्चाले विभिन्न क्षेत्रका बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्ने भएको छ । आज बिहान ११ बजेबाट बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्ने र दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गर्ने नेकपाका नेता खड्गबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।
यस अघि शुक्रबार बसेको बैठकले परिस्थिति एकपछि अर्को जटिल बन्दै गएको भन्दै यसलाई असफल बनाउन चैत्र १५ गते काठमाडौँमा वृहत् विरोध कार्यक्रम गर्ने र हजारौँ मानिस उतार्ने निर्णय गरेको थियो ।
नेता विश्वकर्माले सांसदवादी दलहरू र संसदीय राजनीति भन्दा बाहिर रहेका राजनीतिक दल र नेताहरूसँग पनि नयाँ ढङ्गले छलफल गर्ने मोर्चाको तयारी रहेको बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।