काठमाडौं –चार दलीय समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा वृहत् जनसभा आयोजना गर्ने निर्णय गरेको छ । आज बसेको मोर्चाको बैठकले १५ गतेको जनसभालाई वृहत् बनाउने निर्णय भएको बैठकमा सहभागी नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिए ।
एकपछि अर्को गर्दै परिस्थिति गम्भीर बनेको निष्कर्ष मोर्चाले निकालेको छ । ‘१५ गतेको वृहत् प्रदर्शनलाई भव्य बनाउने र हजारौँको सहभागितालाई सुनिश्चित बनाउने निर्णय भएको छ,’ उनले भने, ‘पछिल्लो परिस्थितिको समीक्षा गरेका छौं । विषय धेरै गम्भीर छ । परिस्थिति एकपछि अर्को जटिल बन्दै गएको छ ।’
बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ सहभागी थिए । एकीकृत समाजवादीबाट वरिष्ठ नेता प्रमेश हमाल, महासचिव घनश्याम भुसाल, नेकपाको तर्फबाट महासचिव नेत्रविक्रम चन्दलगायत नेताहरु बैठकमा सहभागी भएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।