काठमाडौं– नेकपा एमालेका सांसद सूर्य थापाले संसदभित्र ‘राजा’ सम्बोधन नगर्न सभामुखबाट रुलिङको माग गरेका छन् ।
उनले भने, ‘पूर्वराजाको स्वदेशभित्रको पर्यटन र घुमफिरलाई ‘राजा आउने’ भन्दै भ्रमको खेति गर्नेहरु सिंगो दुनियाँका सबैभन्दा पटमुर्ख रहेको तथ्य म सम्मानित सभासमक्ष अवगत गराउन चाहन्छु ।’
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले राजसंस्था पुनर्स्थापनको माग गर्नेहरुलाई पटमुर्खको संज्ञा दिए ।
थापाले पूर्वराजा ज्ञानेन्द्रलाई फेरि नारायणहिटी फर्किने सपना नदेख्न चेतावनीसमेत दिए । केही असन्तुष्ट र भड्किएका आत्माले हुइया मच्चाउँदैमा राजा नफर्किने उनको टिप्पणी छ ।
‘राजाको छोरा राजा हुने दिन गए, अब सम्झिने पानी छम्किने हो’, उनले भने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।