फाइल तस्विर काठमाडौं– आज कोशी प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्।
दिउँसो २ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका हुन्। त्यसअघि उनी पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुनेछन्।
प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन नेकपा एमाले र नेपाली कांग्रेसले ह्विप जारी गरेको छ।
विपक्षी दलहरुले भने विभिन्न सर्तहरु अघि सारेका छन्। मुख्यमन्त्रीले उनीहरुसँग छलफल गरिरहेको बुझिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।