काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले हिजो पूर्वराजा ज्ञानेन्द्रको स्वागत कार्यक्रम सफल भएका भन्दै आम नागरिकप्रति कृतज्ञता प्रकट गरेको छ । स्वागतमा विशाल उपस्थितिले नेपालमा राजसंस्थाको आवश्यकता र अपरिहार्यता प्रमाणित भएको पार्टीको निस्कर्ष छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आज केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले सो निस्कर्ष निकालेको हो । वैठकपछि राप्रपाका प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा दलहरुलाई नविन समझदारीमा आउन आह्वान गरिएको छ ।
‘आम नागरिकको चाहना, देशको आवश्यकता, सडकमा प्रतिबिम्वित जनभावना अनुरुप मुलुकलाई निकास दिन र कसैलाई निषेध नगर्ने व्यवस्थाका लागि ‘नवीन समझदारी’ गर्न राप्रपा सबै राजनीतिक दललाई आह्वान गर्दछ । यसका लागि आवश्यक संवादको थालनी गर्न समेत राप्रपा सबै राजनीतिक दललाई आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
पार्टीले सञ्चालन गर्ने आन्दोलन लगायतका विविध विषयमा छलफल गर्न ०८१ चैत ३ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने निर्णय राप्रपाले गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।