काठमाडौं– लामो समयदेखि रिक्त रहेको नेपाल आयल निगमको प्रबन्ध निर्देशक पदका लागि १७ जनाको आवेदन परेको छ। निगमले गत २९ भदौमा निगमको प्रबन्ध निर्देशक लागि आवेदन माग गरेको थियो।
_x000D_
_x000D_
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीका अनुसार १५ दिनको समयसीमा राखेर आवेदन माग गरिएकाेमा उक्त संख्याका इच्छुकले आवेदन पेस गरेका छन्। आवेदन दिनेहरूमा नेपाल खाद्य संस्थानका पूर्व महाप्रबन्धकदेखि, निगमकै अधिकारीसम्म छन्।
_x000D_
_x000D_
उदयपुर सिमेन्ट लिमिटेडका प्रमुख सुरेन्द्र पौडेल, नेपाल विद्धुत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक मुकेश काफ्ले, खाद्य संस्थानका पूर्व महाप्रबन्धक डा. शिवहरी श्रेष्ठ, निगमकै प्रबन्धक प्रलयंकर आचार्य लगायत छन्।
_x000D_
_x000D_
प्राप्त आवेदनलाई अब मन्त्रालयद्वारा गठित मूल्यांकन समितिले उपयुक्त छनोट गरी मन्त्रिपरिषद्समक्ष सिफारिस पेस गर्नेछ। समितिको सिफारिसमा आधारित रहेर मन्त्रिपरिषद्ले प्रबन्ध निर्देशकको नियुक्तिको निर्णय गर्ने व्यवस्था छ। गत २३ जेठमा गोपालबहादुर खड्काले प्रबन्ध निर्देशकबाट राजीनामा दिएसँगै उक्त पद रिक्त रहेको छ। त्यसयता निगमकै ११ औं तहका सुशील भट्टराईले निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।