काठमाडौं –नेकपा माओवादी केन्द्रले आइतबार काठमाडौंमा पूर्व राजा पक्षधरहरुले गरेको प्रदर्शनबारे गम्भिर समीक्षा भएको बताएको छ । साथै माओवादी केन्द्रले गणतन्त्र र संविधान रक्षाका लागि काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरेको छ । सोमबार बसेको माओवादी पदाधिकारी बैठकले प्रदर्शन गर्ने निर्णय गरेपनि मिति भने अपराह्न ४ बजे बस्ने पदाधिकारी बैठकले तय गर्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिएका छन् ।
‘हामीले काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेका छौं,’ पौडेलले भने, ‘कहिले र कसरी गर्ने भन्नेबारे सोमबार अपराह्न ४ बजे समाजवादी मोर्चा र भोलि फेरि पदाधिकारी बैठक बसेर निर्णय गर्नेछौं ।’
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको अगुवाइमा नै गणतन्त्र आएकाले रक्षा गर्ने काम पनि माओवादीकै भएको बताएका थिए ।
उनले राजावादीहरूको आइतबारको कार्यक्रममा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर पनि प्रदर्शन भएको विषय गम्भीर चिन्ताको विषय भएको बताएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।