काठमाडौँ –नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजतन्त्रबारे हल्ला मात्र भएको बताएका छन् । उनले सरकार सञ्चालनमा दलहरूबीच कुनै समस्या नरहेको समेत बताए । सोमबार (आज) धनगढी विमानस्थलमा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै देउवाले अहिलेको गठबन्धन २०८४ सम्म कायम रहने स्पष्ट पारे ।
देउवाले राजतन्त्रका पक्षमा अहिले हल्ला मात्र भइरहेको बताए । उनले भने, ‘कुनै माहोल मैले देखेको छैन, त्यो हल्ला मात्र हो, हल्ला गरेर केही हुँदैन ।’ कांग्रेस सभापति देउवासहितका नेता पार्टीको सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनमा सहभागी हुन आज धनगढी पुगेका छन् ।
यस अघि आईतबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौँमा राजतन्त्र पक्षधरले भव्य रुपमा स्वागत गरेका थिए । जसको अहिले देशभर चर्चा भइरहेको छ । पछिल्लो समय राप्रपा र राजा समर्थकहरुले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री र राष्ट्रपतिको ठाउँमा राजा राख्नुपर्ने माग गर्दै आएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।