काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले पदाधिकारी बैठक बोलाएका छन्।
थापाले सोमबार दिउँसो बस्नेगरी बैठक बोलाएका हुन्।
‘सोमबार दिउँसो १ः३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बस्नेगरी बोलाइएको छ’, राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले बताए।
उनका अनुसार बैठकमा मुलुकको पछिल्लो राजनितीक घटनाक्रम , त्रिभुवन विमानस्थलदेखि निर्मल निवास सम्म भएको पूर्वराजाको स्वागतलगायतमा समीक्षा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।