बाजुरा– बाजुराको स्वामिकार्तिक खपार गाउँपालिकामा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्वामिकार्तिक खापर गाउँपालिका २ का पुसे भण्डारी रहेका छन्।
बडिमालिका खबरका अनुसार कर्णाली नदीमा माछा मार्न गएका र घर फर्किने क्रममा भिरबाट लडेर उनी घाइते भएका थिए। उनको समयमा नै उद्धार हुन नसक्दा घटनास्थलमा नै मृत्यु भएको हो।
पत्रकार प्रकाश सिंहका अनुसार उनको उद्धारका लागि गएका ८ जना स्थानीय समेत सोही भिरमा अड्किएका छन् र स्थानीय आफै भिरमा अड्किएपछि घाइते भण्डारीको उद्धार हुन सकेन र घटनास्थलमै मृत्यु भएको स्वामिकार्तिक खापर गाउँपालिका वडा न २ का वडा अध्यक्ष विष्णु बुढाले बताएका छन्।
जाने बेला सहज रूपमा गएका र फर्किन कठिनाइ भएका कारण १ महिला ३ बालबालिका र ४ जना युवाहरू सोही भिरमा अड्किएका वडाअध्यक्ष बुढाले बताए।
हिजो दिउँसो ४ बजेदेखि उनीहरू भिरमा नै अड्किएका छन्। अहिले उनीहरूको उद्धार प्रयास भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।