फाइल तस्विर काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्चिन चेतावनी दिएका छन्।
आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरी निर्मल निवास पुर्याएपछि आयोजित जनसम्बोधनमा उनले प्रधानमन्त्री ओलीलाई राजा सहितको प्रजातन्त्र स्वीकार्न आग्रह गरे।
शाहीले ओलीलाई चेतावनी दिँदै भने, ‘प्रधानमन्त्रीज्यू, अब कि त सचिनुस् कि त सकिनुस्। नविन सम्झौतामा आउनुस्। राजा सहितको प्रजातन्त्रलाई स्वीकार गर्नुहोस्।’
उनले चार बुँदे माग अघि सार्दै नयाँ सहमति गर्न प्रधानमन्त्रीलाई आह्वान गरे।
उनका अनुसार नेपालमा राजा सहितको प्रजातन्त्र हुनुपर्ने, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने, प्रदेश संरचना खारेज गर्नुपर्ने, तथा हिन्दु, बुद्ध, किराँत सहितको वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग छन्।
यी माग सम्बोधन नभए सडक आन्दोलन हुने चेतावनी दिँदै उनले भने, ‘यदि यी माग पूरा भएनन् भने, जनताले सडकबाटै तपाईं र तपाईंको व्यवस्थालाई फालिदिनेछन्।’
सम्बोधनका क्रममा उनले ‘राजा आउ, देश बचाउ’ को नारा लगाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।