काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो स्पष्टीकरण बुझाएका छन् । आइतबार उनले आफ्नो स्पष्टीकरण पत्र बुझाएका हुन् ।
स्पष्टीकरणमा उनले आफूलाई कारबाही गर्न आवश्यक नभएको जिकिर गरेका छन् । तीन दिन अगाडि मन्त्रिपरिषद्को निर्णय अनुसार ऊर्जा मन्त्रालयले उनलाई स्पष्टीकरण सोधेको थियो ।
मन्त्रालयले मन्त्रिपरिषदको फागुन २१ गते भएको निर्णय अनुसार तीन दिनभित्र सफाइ पेस गर्न आग्रह गरेको थियो । मन्त्रालयले घिसिङलाई करार सम्झौताको दफा १०।३ को अवस्था उत्पन्न भएकोले सोही दफा १०।३ बमोजिम तपाईंसँगको सम्झौता अन्त्य गरी तपाईंको नियुक्ति रद्द किन नगर्ने ? भन्ने प्रश्न सोधेको थियो ।
यसमा घिसिङले कार्यसम्पादन सम्झौता बमोजिम तोकिएको लक्ष्य हासिल भएको उल्लेख गरेका छन् ।
(पूर्णपाठ)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।