काठमाडौं – पोखरा बसाइपछि काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई समर्थकहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नाराबाजीसहित स्वागत गरेका छन् । समर्थकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेपछि विमानस्थल परिसरमा तनाबको स्थिति उत्पन्न भएको थियो ।
पूर्वराजा शाह आइतबार अपराह्न चार्टर्ड उडानमार्फत पोखराबाट काठमाडौं आएका हुन् । उनलाई स्वागत गर्न राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, राप्रपा नेपालका नेता कमल थापासहित उनका समर्थक विमानस्थल पुगेका थिए । प्रधानमन्त्रीविरुद्ध नाराबाजी तीव्र बनेपछि सुरक्षाकर्मी र समर्थकबीच केहीबेर धकेलाधकेलसमेत भएको छ । स्थिति नियन्त्रणमा लिन विमानस्थल देखि निर्मल निवास सम्म बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरीएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।