काठमाडौं— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको जनविरोधी कामले प्रतिक्रियावादी शक्ति उत्साहित भएको बताएका छन् ।
नेपाली जनप्रगतिशील मञ्च जापानको दोस्रो साधारण सभालाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष दाहालले माओवादीले प्रतिक्रियावादी र अराजक तत्वहरूविरुद्ध संघर्ष गर्ने बताएका हुन् ।
काठमाडौंमा राजतन्त्र समर्थकहरुको गतिविधिप्रति संकेत गर्दै अध्यक्ष दाहालले केही दिन अभियान रोकिएकोसमेत बताए ।
'सरकारका जनविरोधी गतिविधिहरू रोक्नु माओवादी केन्द्रको जिम्मेवारी हो। अहिले अभियानमा जनताको उत्साहपूर्ण सहभागिता रहँदैगर्दा हामीले केही दिनका लागि अभियान स्थगित गरी संसद् र स्ववियु निर्वाचनका काममा केन्द्रित हुने निर्णय गरेका छौं,' दाहालले भने ।
काठमाडौंको राजनीतिक गतिविधिका कारण केही दिनपछि मात्र अभियानलाई निरन्तरता दिने योजना रहेको पनि उनको भनाइ छ । सोमबार बिहान पार्टी सचिवालयको बैठक बस्ने र अभियानसहित अन्य महत्त्वपूर्ण विषयमा छलफल गरिने उनले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।