काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आइतबार अपराह्न काठमाडौँ आइपुगेका छन् । उनी समिट एयरको चार्टर्ड विमानबाट काठमाडौँ आइपुगेका हुन् ।
काठमाडौँस्थित त्रिभुवन विमानस्थल उत्रिएपछि उनले विमानस्थलको अति विशिष्ट कक्षमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, अन्य नेताहरू पशुपतिशमशेर जबरा, प्रकाशचन्द्र लोहनी र अर्का नेता कमल थापालगायतसँग छलफद्य गरिरहेको राप्रपा नेताहरुले जानकारी दिएका छन् ।
उनको स्वागतका लागि विमानस्थल बाहिर हजारौँको संख्यामा समर्थकहरु उत्रिएका छन् । उनीहरुले राजसंस्थाको पक्षमा नारा लगाइरहेका छन् भने वर्तमान सरकारको विरोध गरीरहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।