काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने दोस्रो तारिख बुझ्नका लागि आज कास्की जाने भएका छन्।
उनी आजै जिल्ला अदालत कास्कीमा उपस्थित भएर तारिख बुझ्ने उनको सचिवालयले जनाएको छ।
कास्कीबाट उनी सिधै रुपन्देही जानेछन्। भोलि रुपन्देही अदालतमा पनि उनले तारेख बुझ्नेछन्।
सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालत कास्कीबाट उनी ६५ लाख धरौटीमा रिहा भएका थिए। यस्तै रुपन्देहीमा १ करोड धरौटी बुझाएर उनी छुटेका हुन्।
काठमाडौं र चितवन अदालतबाट पनि उनी धरौटीमा रिहा भएका छन्। पर्सामा भने अहिलेसम्म मुद्दा दर्ता भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।