काठमाडौं – नेपालको प्रिमियम मोटरसाइकल सेग्मेन्टमा अग्रणी टीभीएस अपाचेले बाइक पारखीहरूका लागि ‘१ लाख सेलिब्रेशन डे’ का रुपमा रोमाञ्च ककार्यक्रम ‘एक्सचेन्ज मेनिया’ को आयोजना गर्ने घोषणा गरेको छ । काठमाडौँको यूएनपार्क माआयोजना गरिने यस विशेष कार्यक्रमले राइडरहरू र परफर्मेन्स बाइकिङका प्रशंसकहरूलाई अद्वितीय अनुभव प्रदान गर्ने उद्देश्य राखेको कम्पनीको भनाइ छ ।
कार्यक्रममा रोमाञ्चक खेलकुद गतिविधिहरू र प्रतियोगिताहरू समावेश गरिनेछन् । जस अन्तर्गत सहभागीहरुले टेस्ट राइड्स र अब्स्ट्याकल च्यालेन्जहरू, स्लो रेस प्रतियोगिता र जिमखाना स्किल्स, स्टण्ट शोहरू र इनफ्लुएन्सर मिटअप्सका साथै, रोमाञ्चक गिफ्ट ह्याम्परहरू र थप आकर्षक उपहारहरू पनि प्राप्त गर्न सक्ने छन् ।
यो विशेष इभेन्ट मार्फत इनफ्लुएन्सरहरू, भ्लगरहरू र अपाचे प्रेमीहरू एकै ठाउँमा भेलाभई टीभीएस अपाचेको उत्साहजनक अनुभव प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको छ । कार्यक्रमलाई थप रोमाञ्चक बनाउन, उच्च–स्तरीय स्टण्ट शो को प्रदर्शन हुनेछ जसमा हिद्देन एक्सनका प्रो स्टन्ट राइडरले आफ्नो स्टन्ट प्रस्तूत गर्ने छन । यसले टीभीएस अपाचेको शक्ति र क्षमताको प्रदर्शन हुनेछ ।
बाइक अपग्रेड गर्ने सुनौलो अवसर !
फाल्गुन २३ देखि २६ सम्मआयोजना गरिने टीभीएस अपाचे ‘एक्सचेन्जम्ेनिया’ बाइक प्रेमीहरूले आफ्नो पुरानो बाइकनयाँ टीभीएस अपाचेका मोडेलसँग साट्नका लागि एक सुनौलो अवसर हुनेछ । यस कार्यक्रम अन्तर्गत ग्राहकहरूले २ वर्ष निःशुल्क स्पेयर पाट्र्स, इन्जिन आयल, र सर्भिसको मज्जालिनुका साथै, रु. ३१,०००÷– सम्म बचत गर्ने अवसर प्रदानगर्ने कम्पनीले जानकारी दिएको छ ।
साथै, कार्यक्रम मार्फत एक्सचेन्ज मूल्याङ्कनमा रु. १०,०००÷– सम्मको मुल्यांकन सुविधा, आकर्षक फाइनान्सिङ योजना लगायत सुविधा पनि उपलब्ध हुनेछ । यस अन्तर्गत ग्राहकले ७.९९% ब्याजदरमा १८ महिने किस्ताबन्दीमा बाइक खरिद गर्ने अवसर प्राप्त गर्ने छन् ।
साथै, कार्यक्रममा नयाँ अपाचे खरिदकर्ता हरूलाई निःशुल्क एक्सेसरीजको ब्यवस्थापनि रहेको छ । नेपालमा आफ्नो प्रभावशाली उपस्थितिलाई थपबलियो बनाउँदै, टीभीएस अपाचेले १ लाख सेलिब्रेशन डेका रुपमा समेत कार्यक्रमको आयोजन गर्दैछ । नेपालभर १ लाखभन्दा बढी अपाचे राइडरहरू रहेको उत्सव, अपाचे कम्युनिटीलाई समर्पित गरिनेकम्पनीले जानकारी दिएको छ ।
यस कार्यक्रमको आयोजक नेपालका लागि टीभीएस मोटरसाइकलको आधिकारिक वितरक, शंकर ग्रुपको जगदम्बा मोटर्सहो । लाइफटाइम वारेन्टी कभरेज र डेडिकेटेड एक्सपेरियन्स जोन सहित, टीभीएस अपाचेले नेपालमा बाइकिङको परिभाषा नै परिवर्तन गरिरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।