काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रतिपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको देवत्वकरण गरेको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको बिहीवारको बैठकमा बोल्दै सांसद घिमिरेले यस्तो आरोप लगाएका हुन्। उनले एउटा कर्मचारीमाथि दलीयकरण गरेर प्रतिपक्षी दलहरुले जग हँसाएको समेत आरोप लगाए।
नेपालको कर्मचारीतन्त्र दुधले नुहाएको नभएको उल्लेख गर्दै उनले राम्रा/नराम्रा पक्षहरूको विश्लेषण गर्नुपर्ने बताए।
उनले भने, ‘एउटा कर्मचारीलाई लिएर दलीयकरण गरेर संसदको सम्पूर्ण प्रतिपक्ष हिजो उठेर एउटा कर्मचारीको पक्षमा उभिएको देख्दा मलाई त लाज पनि लाग्यो। धेरै जना यहाँ प्रधानमन्त्री पनि हुनुभएको छ, मन्त्री पनि हुनुभएको। एकजना कर्मचारीका लागि दलीयकरण गरेर यो जग हसाउने काम नगरौँ। उहाँको देवत्वकरण पनि नगरौँ। केही राम्रा काम पनि होलान्। केही नराम्रा पक्ष पनि होलान्। नेपालको कर्मचारीतन्त्र दुधले नुहाएको छैन। यो कुरामा क्लियर हुनुस्।’
प्रमुख सचेतक घिमिरेले यसैगरी देवत्वकरण गर्ने भए घिसिङलाई नै प्रतिपक्षी दलको अध्यक्ष बनाउन अनुरोध गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।