काठमाडौं – नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको अध्यक्षमा पृथ्वी बहादुर पाँडे चयन भएका छन् । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको मंगलबार बसेको संचालक समितिको ६१७ औं बैठकको अध्यक्षमा पाँडेलाई सर्वसम्म रुपमा सञ्चालक समितिको अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।
फाल्गुन १५ गते सम्पन्न बैंकको ३८ औं वार्षिक साधारणसभा पश्चात भएको निर्वाचनमा संस्थापक समुह तर्फबाट पृथ्वी बहादुर पाँडे सहित प्रजन्य राजभण्डारी, मदन कुमार आचार्य र दिपंकर शाक्य उदय निर्विरोध निर्वाचित भएका थिए ।
सर्वसाधारण शेयरधनी समुहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदको निर्वाचनमा कवि कुमार टिबरेवाला र शालिक राम बेल्बासे निर्वाचित भएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।