काठमाडौं– एनएमबि बैंकले विभिन्न पदमा कर्मचारी माग गरी आवेदन खुलाएको छ।
बैंकले सिस्टम इञ्जिनियर, डेटा इञ्जिनियर र बिजनेस सिस्टम एनालाइस्ट पदमा कर्मचारीका लागि आवेदन खुलाएको हो।
सिस्टम इञ्जिनियर पदमा आवेदन दिने इच्छुक व्यक्तिले कम्प्युटर साइन्स र आइटी वा सम्बन्धित क्षेत्रमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने छ। स्नाकोत्तर उत्तीर्ण गरेकालाई विशेष प्राथमिकता दिइने बैंकको भनाइ छ।
साथै, सिस्टम एडमिनिष्ट्रेसन, क्लाउड कम्प्युटिङ, आइटी इन्फ्रास्टक्चर म्यानेजमेन्टसँग सम्बन्धित चार वर्षको कार्य अनुभव हुनुपर्ने छ।
डेटा इञ्जिनियर पदमा आवेदन दिने इच्छुकले कम्प्युटर साइन्स र आइटी वा सम्बन्धित क्षेत्रमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने छ। स्नाकोत्तर उत्तीर्ण गरेकालाई प्राथमिकता दिइने छ। साथै सम्बन्धित क्षेत्रमा ४ वर्ष काम गरेको हुनुपर्ने छ।
बिजनेस सिस्टम एनालाइस्ट पदमा आवेदन दिने इच्छुकले कम्प्युटर साइन्स र आइटी वा इञ्जिनियर-बिजनेस एडमिनिष्ट्रेसन वा सम्बन्धित क्षेत्रमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने छ। स्नाकोत्तर उत्तीर्ण गरेकालाई प्राथमिकता दिइने बैंकको भनाइ छ।
साथै, टेक्निकल प्रोजेक्ट वा बिजनेस एनालाइस्टसम्बन्धी काम गरेको ४ वर्षको अनुभव हुनुपर्ने छ। इच्छुक व्यक्तिले फागुन १८ गतेसम्म आवेदन दिन सक्ने छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।