काठमाडौं– साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक १० दशमलब ४७ अंकले घटेर १२ सय ५६ दशमलब ४७ अंकमा आइपुगेको छ।
_x000D_
_x000D_
क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २ दशमलब १४ अंकले घटेर २ सय ६७ दशमलब ०९ को विन्दूमा आइपुगेको छ।
_x000D_
_x000D_
आइतबार १ सय ६७ कम्पनीको ५८ करोड ८५ लाख ६४ हजार ३ सय ४९ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। ग्लोबल आइएमई बैंकको सर्वाधिक कारोबार भएको छ। बैंकको ६ करोड ४९ लाख ६ हजार ८ सय ४१ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यस्तै सोल्टी होटलको ५ करोड ५ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।
_x000D_
_x000D_
आइतबार कारोबारमा आएको ट्रेडिङ समूह बाहेक अन्य सबै समूहमा गिरावट आएको छ। ट्रेडिङ् समूह १ दशमलब ८६ अंकले बढेको छ। यस दिन सर्वाधिक गुमाउनेमा निर्जीवन बीमा समूहअन्तर्गतका लगानीकर्ता रहेका छन्। समूहको सेयर मूल्य ५८ दशमलब २८ अंकले घटेको छ। त्यस्तै उत्पादन तथा प्रशोधन समूह ३५ दशमलब २६ अंकले घटेको छ।
_x000D_
_x000D_
आइतबार सर्वाधिक कमाउनेमा साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ता रहेका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४ रुपैयाँले बढेर ३ सय ७८ रुपैयाँमा कारोबार रोकिएको छ। त्यस्तै बेष्ट फाइनान्स कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३ रुपैयाँ बढेको छ। यता सर्वाधिक गुमाउनेमा महालक्ष्मी विकास बैंकअन्तर्गतका लगानीकर्ता रहेका छन्। बैंकको सेयर मूल्य प्रतिकित्ता १२ रुपैयाँले घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।