काठमाडौँ –नेपालमाको विशेष गरी पश्चिमी क्षेत्रमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) बिहान गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
अहिले तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ भने तराईमा बाक्लो हुस्सु लागेका कारण पूर्व–पश्चिम राजमार्गमा गुड्ने सवारी साधनलाई कम भिजिविलिटीका कारण आवागमनमै समस्या खेपीरहेका छन् ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । आज राति कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । त्यसका साथै तराईका धेरै स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । चिसो बढेकाले सक्रकता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।