काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस–एमालेबीच सरकार निर्माणको समयमा भएको सात बुँदे सहमति कार्यान्वयनमा प्रधानमन्त्री गम्भीर नभएको टिप्पणी गरेका छन्।
नेपाली कांग्रेसका सम्पर्क समितिका अध्यक्षहरुसँगको छलफलमा सहमति कार्यान्वयनमा प्रधानमन्त्री जिम्मेवार नदेखिनु अस्वभनीय भएको बताएका हुन्।
उनले भने, ‘सरकारले कांग्रेसँगको सहमति कार्यान्वयनमा ढिलासुस्ती गरिरहेको छ। केन्द्रीय समिति बैठक आह्वान गरेर गम्भीर समीक्षा गर्नुपर्छ। प्रधानमन्त्री ओलीले संसद्मा सात बुँदे सहमति सार्वजनिक गर्दा जनतामा उत्साह छाएको थियो। तर, सरकार बनेको ६ महिना बित्दा पनि सहमतिका कुनै विषय पनि अगाडि नबढ्दा जनतामा पुनः निराशा पैदा गरिरहेको छ। कांग्रेस केन्द्रीय समिति बैठकमा यसको गम्भीर समीक्षा आवश्यक छ।’
सरकारको नेतृत्व कर्ताबाट नै सहमति विपरीत अभिव्यक्ति आउनुले थुप्रै संशय पैदा गरेको महरले बताए। सात बुँदे सहमति विपरीत एकलौटी अभिव्यक्ति दिने र जनतालाई निराश तुल्याउने अधिकार गठबन्धन दलका कुनै नेतामा पनि नरहेको उनले औंल्याएका छन्।न्दा हिउँदे अधिवेशन आह्वान गरेर जनताको पक्षमा काम गर्नुपर्ने पनि बताए।
सरकारले अनावश्यक क्षेत्रमा समय खर्चिनुभन्दा हिउँदे अधिवेशन आह्वान गरेर जनताको पक्षमा काम गर्नुपर्ने पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।