काठमाडौँ – न्याय सेवा आयोगले सचिवसरहका दुई सरकारी वकिलसहित साढे दुई सय कर्मचारीको सरुवा गरेको छ।
बुधबार बसेको न्याय सेवा आयोगको बैठकले बेपत्ता छानबिन आयोगका सचिव लोकराज पराजुलीलाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा गरेको हो ।
महान्यायाधिवक्ता कार्यालयका नायव महान्यायाधिवक्ता खेमराज ज्ञवालीको बेपत्ता छानबिन आयोगको सचिवमा
सरुवा गरिएको छ।आयोगले न्याय सेवाका नौजना सहसचिव, ८९ जना उपसचिव र एक सय ४४ जना शाखा अधिकृतको पनि सरुवा गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।