• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

जात्राहरुको महाजात्रा, इन्द्रजात्रा

64x64
नेपाल लाइभ शुक्रबार, असोज १२, २०७५  १०:४५
1140x725

काठमाडौँ- हनुमानढोकास्थित आकाश भैरव अगाडि यःसिं (लिङ्गो) ठड्याई इन्द्रध्वजोत्थान गरिएदेखि शुरु भएको यँया डै पुन्ही अर्थात् इन्द्रजात्रा आज नानीचा याः गर्दै सम्पन्न हुँदैछ। 

_x000D_ _x000D_

इन्द्रजात्राभित्र अरु धेरै जात्रा तथा पूजापाठ हुन्छन्। यिनै जात्रा तथा पाठपुजाले इन्द्रजात्रालाई थप रौनक प्रदान गरेको हुन्छ जसका कारण कलिला नानीदेखि वृद्धवृद्धासमेत इन्द्रजात्रा अवधिभर रमाउने गर्छन्। नानीचा याःसँंगै यो रमाइलो समय पनि यस वर्षदेखि बिदा हुँदैछ। 

_x000D_ _x000D_

बालबच्चादेखि युवा तथा प्रौढलाई आकर्षित गर्ने जात्रामा कुमारीको रथयात्रा, उपाकु वनेगु, डागिँ वनेगु तथा बौमत जात्रा मुख्य छन्। मानिसलाई थप मनोरञ्जन दिई झुमिरहुँ बनाउने काम भने लाखे, झ्यालिँचा नृत्य, पुलुकिसी जात्रा, कुमारी घर अगाडि दश अवतार, भक्तपुरको महाकाली प्याखँ, सबःभक्कु प्याखँ, ख्याः प्याखँ (ख्याःकको नाच ) तथा दिप्याखँजस्ता प्रदर्शनले गर्छन्। त्यस्तै हनुमानढोकामा हाथुद्यो प्रदर्शन, काष्ठमण्डप अगाडि इन्द्रराजको मूर्ति आदिले यो महिना निकै रमाइलो हुन्छ। 

_x000D_ _x000D_

कुमारी रथयात्रा 
_x000D_ कुमारी रथयात्राको पहिलो दिन कुमारीघरमा बज्रयान बौद्ध तथा हिन्दू परम्परानुसार श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको विशेष पूजा गरी साइतमा रथयात्रा शुरु हुन्छ।

_x000D_ _x000D_

पञ्चबुद्धको प्रतीक बुद्धको मुकुट पहिरिएका रातो, नीलो, पहँलो, हरियो तथा सेतो रङको विशेष वस्त्र लगाएका पाँच बज्राचार्य गुरुलाई अगाडि राखेर कुमारीको रथयात्रा गरिन्छ। कुमारी रथ यात्राको पहिलो दिन असोज ८ गते क्वनेयाः रथयात्रामा श्रीकुमारी, श्रीगणेश तथा श्रीभैरवको रथलाई वसन्तपुरबाट तानेर काष्ठमण्डप, चिकंमुगल, न्हूघः, जैसीदेवल, ज्याःबहा, लगन, मुसुम्बहा, ह्युमतः, क्वहिटी, भीमसेनस्थान, सिंल्यंसत्तल, काष्ठमण्डप हुँदै पुनः कुमारीघरमा ल्याएर क्वँनेयाः (तल्लो भाग) समापन हुन्छ। 
_x000D_
_x000D_ उपाकु वनेगु 
_x000D_ कुमारी रथयात्राको पहिलो दिन वर्ष दिनभित्र दिवंगत भएका परिवारको नामबाट गुरु वज्राचार्यको नेतृत्वमा धारणी र तुतः धार्मिक पाठका साथ काठमाडौँको भित्री शहरमा रहेका दोबाटो, चौबाटो र देवस्थलमा काँचो माटाको पाल्चा (पाला)मा बत्ती बाल्दै धूप लिएर मृतकको सुखावती भुवनवासको कामना गर्दै चैत्य आकारमा प्रदक्षिणा गर्ने परम्परा नेवार समुदायमा छ। यसलाई नै नेपाल भाषामा उपाकु वनेगु अथवा मतया भनिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

उराय (स्थापित, तुलाधर, कंसाकार, ध्वब्या आदि जाति) समुदायबाहेकका नेवार बौद्ध समुदायले भने यँलाथ्व द्वादशीका दिन उपाकु जाने चलन छ। यस दिन बज्राचार्य, शाक्य आदि बौद्ध समुदायमा मात्र उपाकु जाने गरिन्छ । उपाकु कुमारीको रथयात्रा गर्ने मार्गसहित बुद्ध चैत्य तथा मूर्तिको हुँदै परिक्रमा गर्ने र दियो राख्दै जाने गरिन्छ। 

_x000D_ _x000D_

बौद्धविद्वान् राजेन्द्रमान बज्राचार्यका अनुसार उपाकुका दिन पञ्चबुद्ध युक्त चिभाः अर्थात् चैत्यको परिक्रमा गरिन्छ। पाँच प्रकारका रङ, दिशा, तत्व, स्वभाव, शक्ति, ज्ञान, मुद्रा आदिको व्यावहारिक प्रयोगात्मक अभ्यासमा अभ्यस्त गराइन्छ। 

_x000D_ _x000D_

डागिं वनेगु 
_x000D_ इन्द्रजात्राकै अवसरमा डागिँ वनेगु (इन्द्रकी आमा वसुन्धरालाई घुमाउने) परम्परा नेवार समुदायमा छ । कुमारी यात्राको पहिलो दिन बेलुका काष्ठमण्डपको भुतिसतबाट डागिँ शुरु गरिन्छ। डागिँ अर्थात् वसुन्धरालाई ‘बोधिसत्व’को स्वरुप धारणा गर्न लगाई डागिंका साथमा मृतकको नाममा सतबीज छर्दै चैत्य आकारमा परिक्रमा गर्दै मृतकको सुखावती भुवनवासको कामना गरिन्छ। 

Xtrem
Xtrem
_x000D_ _x000D_

ठमाडौँका नेवार समुदायले एक वर्षभित्र मृत्यु भएका आफन्तको सम्झनामा डागिँ अर्थात् वसुन्धराको वस्त्र समातेर नगर परिक्रमा गर्छन्। यसरी नगर परिक्रमा गर्दा मरेका आफन्त इन्द्रकी आमासँगै स्वर्गमा पुग्छन् भन्ने धार्मिक विश्वास छ।

_x000D_ _x000D_

किंवदन्तीअनुसार देवराज इन्द्रले बगैंँचाको मालीसंँग नसोधी काठमाडौँको मरु टोलस्थित ख्यःक्यबमा रहेको पालिजा स्वाँ (पारिजातको फूल) टिपेर लैजाने क्रममा फूल चोरेर लगेको ठानी येँलाथ्व द्वादशीका दिन स्थानीयवासीले तान्त्रिक विधिबाट पञ्चसूत्रका आधारमा इन्द्रलाई बाँधेर बन्धक बनाएका थिए। यँलाथ्व द्वादशीको दिनदेखि नेपालमण्डलका चोक, गल्लीका साथै यःसिं(लिँगो) ठ्ड्याइएको स्थान, काष्ठमण्डप र इन्द्रचोकमा हात्तीमा विराजमान देवराज इन्द्रलाई पञ्चसूत्रले बाँधेर प्रदर्शन गर्ने प्रचलन अद्यापि छ। 

_x000D_ _x000D_

बहुमत यंकेगु 
_x000D_ इन्द्रजात्रा अर्थात् कुमारीको रथयात्राको पहिलो दिन राति गरिने जात्रालाई बहुमत अर्थात बौमत भनिन्छ। डागिं जात्रा सम्पन्न भएलगत्तै राति झण्डै ११ बजेतिर मानन्धर समुदायले काष्ठपण्डपको भुतिसत्तलबाट बौमतको यात्रा शुरु गर्ने चलन छ । बाँसले बनाइएको ३० फीट लामो नर्कटको खटमा रहेको माटाको पालामा बत्ती बालेर कुमारीको मार्गमा नगरपरिक्रमा गराइन्छ। यसबेला युवाले हाःहुः गरी निकै होहल्ला गर्नुपर्ने प्रचलन छ। 

_x000D_ _x000D_

यंकिदह मेला 
_x000D_ डागिं तथा बौमतको जात्रापछि बहुमत दर्शन गरेपछि दहचोकस्थित इन्द्रदहमा स्नान गर्ने चलन छ । द्वादशीदेखि प्रारम्भ भएको कुमारीघर अगाडिको दश अवतार, भक्तपुरको महाकाली प्याखँ(नाच) सबः भक्कु प्याखँ, ख्याः प्याखँ (ख्याःकको नाच ), लाखे प्याखँ (राक्षसको नाच), पुलुकिसी प्याखँजस्ता नाच पनि प्रदर्शन हुन्छ। 

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०७५  १०:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ
एसियाली खेलकुदमा नेपालको शानदार सुरुवात, अफगानिस्तान ५ विकेटले पराजित
जटिल प्रसूति समस्या भएकी रुकुमकी महिलाको हवाई उद्धार
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ शुक्रबार, असोज ९, २०८३
एसियाली खेलकुदमा नेपालको शानदार सुरुवात, अफगानिस्तान ५ विकेटले पराजित शुक्रबार, असोज ९, २०८३
जटिल प्रसूति समस्या भएकी रुकुमकी महिलाको हवाई उद्धार शुक्रबार, असोज ९, २०८३
जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो शुक्रबार, असोज ९, २०८३
कोरला नाकामा हिमपात, तल्लो मुस्ताङमा वर्षा : नेपाल–चीन व्यापारमा असर पर्ने शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्