काठमाडौँ — लक्ष्मी सनराइज बैंकले नेपालमा वित्तीय दुरुपयोग समाधान गर्न अन्तर्राष्ट्रिय वित्तीय निगम (आईएफसी) सँग साझेदारी गरेको छ ।
यसका लागि आईएफसीसँग बैंकले ‘एम्वार फाइनान्स एलायन्स’ अन्तर्गत सम्झौता गरेको छ। सम्झौताले वित्तीय दुरुपयोगलाई सम्बोधन गर्दै समाधान गर्न कदम चालिने बैंकले जनाएको छ।
अस्ट्रेलिया सरकारको विदेश मामिला तथा व्यापार विभागको समर्थन प्राप्त यस साझेदारीले वित्तीय सुरक्षा सुधार र समावेशी आर्थिक वृद्धिलाई समेत सहयोग गर्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। बैंकका अनुसार श्रीमान्–श्रीमती, वृद्धवृद्धा, आफन्त वा घरपरिवारका अन्य सदस्यमाथि नियन्त्रण जमाउँदै हुने वित्तीय दुरुपयोग हो।
त्यसैले बैंक सदस्यहरूको बैंक खाता र कर्जाजस्ता वित्तीय साधनहरूको आफ्नो खाता आफ्नो नभई अरूको नियन्त्रणमा हुनु, अरूका लागि ऋण लिन बाध्य बनाइनुलगायत क्रियाकलाप हुने गर्छन्। यिनै गतिविधिबारे रोकथाम गर्न वित्तीय संस्थामा मानकहरू लागू गरी प्रणालीगत सुधार ल्याउन सुरक्षित वित्तीय वातावरण निर्माण गर्ने प्रक्रियास्वरूप बैंकले यो साझेदारी गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।